
काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लाग्न थालेको छ । २ महिनाअघि घटेर प्रतितोला ४७ हजार रुपैयाँसम्म झरेको सुन फेरि बढेर बिहीबार ५२ हजार रुपैयाँ पुगेको छ ।
बुधबार प्रतितोला ५१ हजार ७०० रुपैयाँ कायम रहेको सुनको भाउ बिहीबार ३०० रुपैयाँ महँगो भई प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ लगातार उकालो लागेपछि २ महिनामा सुन ५ हजार रुपैयाँ महँगो भइसकेको छ ।
कात्तिक पहिलो साता सुनको भाउ प्रतितोला ४७ हजार रुपैयाँसम्म झरेको थियो । त्यसपछि उकालो लाग्न थालेको भाउ माघमा मात्र २ हजार महँगो भइसकेको छ । कारोबार दैनिकमा खबर छ ।















प्रतिक्रिया