७ कार्तिक २०८३, शनिबार

नेपालसँग भारतले फेरि निहुँ खोज्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flag

काठमाडौं । नेपालमाथि नाकाबन्दी गरिरहेको भारतले अर्काे निहुँ खोजेको छ ।

बेला बेला संविधान संशोधन त मधेस आन्दोलनका नाममा निहुँ खोज्दै आएको भारतले अहिले भने विना कारण निहुँ खोजेको हो ।

जसअनुसार भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले ग्यासको लोडिङ पुनः कटौती गरेको छ । यसअघि मधेस आन्दोलनलाई देखाउँदै इन्धन नदिएको आईओसीले अहिले आन्दोलन नहुँदा नहुँदै पनि विना कारण निहुँ खोज्दै आयतमा रोकेको हो ।

निगम स्रोतका अनुसार आइओसीले फब्रुअरीबाट कर्नाल रिफाइनेरीमा ग्यासका बुलेट नपठाउन पत्राचारसमेत गरेको छ । किनेर ल्याउने सामान पनि रोकेपछि भारतले नेपालसँग निहुँ खोजेको प्रष्ट भएको छ ।

‘यसअघि मागको ४० देखि ४५ प्रतिशतसम्म लोड दिँदै आएकामा पुनः कटौती गरेर २०–३० प्रतिशत झरेको छ,’ निगमका एक अधिकारीले भने, ‘पर्याप्त मात्रामा लोड नदिँदा उपभोक्ताको माग पूर्ति गर्न सकेका छैनौं ।’ उनका अनुसार कर्नालबाट ग्यासको लोड दिइएको छैन । ‘१ तारिखबाट लोडिङका लागि नपठाउनु भनेरै पत्राचार गरिएको छ,’ उनले भने, ‘नयाँ महिना सुरु भएपछि प्राविधिक कारण देखाउँदै लोड दिन नमानेको हो ।’

निगमका अनुसार रिरुट गरेर ग्यास नेपाल भित्रिएकाले उपत्यकाको आपूर्तिमा केही सुधार भएको हो । नाकाबन्दीयता १ सय ४३ बुलेट ग्यास रिरुट गरेर भित्राइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।