१४ कार्तिक २०८३, शनिबार

एक्कासी मरे पाँच पशुचौपाया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-jilla

– झलक पाली
डोटी, २१ माघ । डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नं. १३ मल्लो उडितोलामा अचानक पशुचौपाया मर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय डोटीमा कार्यरत खरिदार एवं स्थानीय बासिन्दा तेज बहादुर खड्काका अनुसार यहि माघ १२ गते यता ४ वटा गाई र १ गोरु मरेका छन् ।

बिना कुनै लक्षण एक्कासी मर्ने पशुचौपायामध्ये १ गोरु बाहेक अरु दुहिने गाई र ब्याउने गाई रहेको खड्काले बताए ।

उनका अनुसार माघ १२ गते गोपाल ख्ड्काको १ गाई र मिन बहादुर खड्काको १ गोरु, १४ गते भरत बहादुर खड्काको १ गाई, १६ गते गणेश बहादुर खड्काको १ गाई र २१ गते विहीबार मात्रै भक्त बहादुर खड्काको एक गाई मरेका छन् ।

धमाधम गाईगोरु मर्न लागेपछि स्थानीयले जिल्ला पशु सेवा कार्यालय डोटीलाई खबर गरेपछि विहीबार एक प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ ।

स्थलगत अध्ययनका लागि खटिएका जिल्ला पशु सेवा कार्यालयका पशु सेवा प्राविधिक अमनराज श्रेष्ठले फुड पोईजन (खानाबाट असर) का कारण मृत्यु भएको हुनसक्ने बताए । उनले भने–‘हामी त्यहाँ पुग्दा बिरामी पशु पाईएन, मरेका पशुचौपाया खाल्डोमा पुरिसकिएको थियो, पशु मर्नुको कारण बारेमा कुनै पनि लक्षण हेर्न पाईएन, स्थानीयले भने अनुसार ब्याएका पशुलाई भात पकाएर खुवाउँदा फुड पोईजन भएको हुनसक्छ ।’

पशुचौपाया बिरामी हुँदा ¥याल काढ्ने, पेट गडिने गरेका स्थानीयले बताएको र समयमै जिल्ला पशु सेवा कार्यालयमा खबर गर्नुको साँटो धामीझाँक्रिलाई झारफुक गर्न लगाएको समेत पाईएको प्राविधिक श्रेष्ठले सुनाए ।

एक्कासी पशुचौपाया मर्नुको कारण एन्थ्रेक्स (पट्के रोग) पनि हुनसक्ने जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत गणेश बहादुर ऐरले बताए ।

पशुहरु बिरामी भएमा समयमै जिल्ला पशु सेवा कार्यालयमा खबर गरिदिएमा प्राविधिक रुपमा उपचार गर्न सहज हुने ऐरले बताए ।

सामान्य लक्षणहरु बाहेक विस्तृत ल्याब परिक्षणका लागि क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला धनगढी पठाउनु पर्ने अवस्था रहेकाले कुनै पनि ठाउँमा पशुचौपायामा समस्या भएमा समयमै खबर गरिदिन उनले सबै किसानमा आग्रह समेत गरे ।