
बैतडी, २१ माघ । महाकाली सेती यातायात व्यवसायी समितिले आजदेखि दैनिक दार्चुला–काठमाडौँ बस सेवा सञ्चालन गरेकोे छ ।
गत मङ्सिर २४ गतेदेखि एक दिन बिराएर सञ्चालन भएको अपी डिलक्स बस सेवा यात्रुको चाप बढेपछि आजदेखि दैनिक रुपमा सञ्चालन गरिएको यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुको मर्कालाई ध्यानमा राखी दैनिक बस सेवा सञ्चालन गरेका हाँै ।”
हिटर जडित बसमा वाइफाइ सुविधासमेत उपलब्ध रहेकाले यात्रा आरामदायी हुने उहाँको भनाइ छ । दार्चुलाबाट काठमाडौँसम्मको भाडा प्रतियात्रु रु दुई हजार ५६० निर्धारण गरिएको छ । दार्चुलाबाट बिहान ७ बजे र काठमाडौँबाट बिहान ११ः४५ बजे बस छुट्ने समितिले जनाएको छ । रासस















प्रतिक्रिया