१ कार्तिक २०८३, शनिबार

मुन्नी बदनाम हुइले पति छाडेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arbaaz-malaika759मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोरा खानले आफ्नो पति अरबाज खानको घर छाडेर हिँडेकी छिन् । ‘दबङ’मा मुन्नी बद्नाम हुइबाट चर्चामा आएकी मलाइकाले पतिसँगको खटपटपछि घर छोर हिँडेको समाचारमा उल्लेख छ ।

अरबार र मलाइकाबीचको सम्बन्ध धेरै टाढिएको जनाइएको छ । मलाइकाले अरबाज बसिरहेको बान्द्रास्थित घर पनि छोडेकी छन् ।

उनी आफ्ना सन्तानका साथ खानको नजिकैको एक अपार्टमेन्टमा सिफ्ट भइसकेकी छन् । यो अर्पामेन्ट मलाईकाको बहिनी अमृताको नजिकै रहेको छ ।

मलाइका र अरबाजको विवाह सन् १९९८ मा भएको थियो । केही समय अघि देखि रियालिटी शो पावर कपलमा यो जोडी देखिएको थिएन ।

त्यो बेला नै धेरैले उनीहरुको सम्बन्धमा खटपट आएको हो कि भन्ने अडकलबाजी गरेका थिए । एजेन्सी