मुम्बई । बलिउडकी क्यूट नायिका आलिया भट्टको अफेयरका विषयमा धेरैले चासो राख्ने गरेका छन् । आलिया र सिद्धार्थ मल्होत्राको अफेयरले सधैँ चर्चा पाउने पनि गरेको छ । उनीहरूले एकले अर्कालाई पहिलो फिल्म ‘स्टुडेन्ट अफ दी इअर’देखि चिनेका हुन् ।
त्यतिवेलादेखि नै उनीहरू प्रेममा रहेको खबर आउन थालेको हो । तर, उनीहरू मिडियामा आफूहरूबीच अफेयर रहेको स्वीकार्दैनन् । केही दिनअघि भारतीय अनलाइनका रिपोर्टरले सिद्धार्थलाई भ्यालेन्टाइनमा कोसँग हुनेछौ भनेर सोधेका थिए ।
त्यतिवेला सिद्धार्थले फ्याट्ट कुरो फुत्काए । पछि फेरि सच्याउन थाले । उनले त्यतिवेला आगामी भ्यालेन्टाइन्स डेमा आफू आलियाका साथ हुने बताए । फेरि तुरुन्तै आफू त्यतिवेला ‘कपुर एन्ड सन्स’ नामक फिल्मको प्रमोसनमा हुने भएकाले साथमा आलिया पनि हुने जनाए ।
उनले पछि थपेछन्, आलियाका साथ फवाद खान पनि हुनेछन् । ‘कपुर एन्ड सन्स’मा फवाद पनि छन् । लुकाउन चाहँदा–चाहँदै पनि सिद्धार्थले घुमाउरो पाराले आफू र आलिया प्रेममा रहेको खुलासा गर्नुलाई रिपोर्टरले आफूहरूको सफलता ठानेका छन् । एजेन्सी















प्रतिक्रिया