लसएञ्जलस । हलिउड फिल्म ‘रेभेनान्ट’का नायक लियोनार्डो दी क्याप्रियो र ‘रुम’की नायिका ब्राइ लार्सनले उत्कृष्टको उपाधि हात पारेका छन् ।
अमेरिकाको लसएन्जलसमा भएको स्क्रिन एक्टर्स गिल्ड अवार्ड–२०१६ मा पनि फिल्म ‘रेभेनान्ट’बाट क्याप्रियो उत्कृष्ट नायक घोषित भएका हुन् । यस्तै फिल्म ‘रुम’बाट ब्राइ लार्सनले उत्कृष्ट नायिकाको उपाधी हात पार्न सफल भइन् ।
गत शनिबार राति भएको अवार्ड सेरोमोनीमा उत्कृष्ट फिल्मको अवार्ड भने बोस्टनको चर्चमा बालबालिका माथि भएको यौनदुराचारको घटनामा आधारित फिल्म ‘स्पटलाइट’ले जित्यो । एजेन्सी















प्रतिक्रिया