१४ कार्तिक २०८३, शनिबार

अनेरास्ववियुको नेतृत्वका लागि प्रतिस्पर्धा सुरु, नविना लामाको प्यानल घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabina-Lamaकाठमाडौँ, २० माघ । यही माघ २७ देखि २९ गतेसम्म काठमाडौँमा सम्मेलन हुन लागेका नेकपा (एमाले) को भातृसंगठन (अनेरास्ववियुको) २२ औँ सम्मेलनमा अध्यक्षका लागि नविना लामा प्यानलले आफ्नो उम्मेद्वारी आज घोषणा गरेको छ ।

राजधानीको अनामनगरस्थित युनियन हाउसमा आज आयोजित पत्रकार सम्म्ेलनमा उनको समूहबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश वर्तौला, शैलेश लामा र सुनिता बराल तथा महासचिवमा ऐन महरको उम्मेदवारी घोषणा गरिएको छ ।

यस अगाडि ऐन महर आफैं अध्यक्षका प्रत्यासी थिए । केही साता अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटार निवासमा बोलाई दुवै जनालाई मिलेर अगाडि वढ्न निर्देशन दिएसँगै महर महासचिवमा भिड्न तयार भएका हुन । यसअघि लामाले सो सङ्गठनको उपाध्यक्ष, महासचिव पदको जिम्मेवारी वहन गरी सकेकी छिन ।

यता माधव कुमार नेपाल निकट मानिने दीपक गौतम उक्त समूहबाट अध्यक्षका प्रत्यासी रहेकाछन ।