रुपन्देही, २० माघ । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
अपरिचित व्यक्तिले गोली प्रहार गर्दा गम्भीर घाइते भएका सैनामैना नगरपालिका–१० शान्तिटोल बस्ने ३४ बर्षीय खगेश्वर काफ्लेको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा नम्बर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिले छातीमा १ राउण्ड गोली प्रहार गर्दा गम्भीर घाइते भएका काफ्लेलाई उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनास्थलमा मधेशी मुक्ति टाईगर लेखेको पर्चा ४ थान र १ वटा गोलीको खोका फेला परेको थियो । गोली प्रहार गर्ने व्यक्तिको प्रहरीले खोजतलास गरिरहेको छ भने घटनाको सोधपुछको लागी एकजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया