सोल, २० माघ । कोरियन नागरिकसँग नक्कली विहे गरेर कोरिया आएकी एक नेपाली महिलाको मृत्यु भएको छ ।
रोजगारीका लागि बैबाहिक भिसामा दक्षिण कोरिया आएकी दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको उपचारका क्रममा बुधबार बिहानै मृत्यु भएको उनका नजिकका साथीले जानकारी दिए ।
उनले कोरिया आउँदा कोरियन पुरुषसँग नक्कली बिहे गरेकी थिईन् ।
बोनम्यारो अभाव भएपछि महिनादिन अगाडि डोल्मालाई सुवनस्थित आजु अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा केही दिनदेखि बेहोस रहेकी डोल्माको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
दोलखाकी डोल्माका एक छोरा एक छोरी छन् ।












प्रतिक्रिया