१४ कार्तिक २०८३, शनिबार

‘भारतले इशारा नगरेसम्म मधेस आन्दोलन रोकिँदैन्, नाका पनि खुल्दैन्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanman-Bijukcheकाठमाडौं, २० माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतले इशारा नगरेसम्म मधेस आन्दोलन नरोकिने दाबी गरेका छन् ।

बुधबार विहान आफ्नो एक अन्तर्वार्ताका क्रममा नेता विजुक्छेले आन्दोलन भारतको ग्राण्ड डिजाइनमा भइरहेकाले उसले इशारा नगरेसम्म कुनै हालतमा नरोकिने ठोकुवा गरे । उनले भने- भारतले इशारा नगरेसम्म मधेस आन्दोलन रोकिनेवाला छैन र नाकाबन्दी पनि खुल्ने छाटकाट म देख्दिन् ।  ।

बर्तमान सरकारलाई विचलित बनाउने कार्य भएमा देश दुर्गतिमा फस्ने भन्दै नेता विजुक्छेले भारतसँग कुनै हालतमा सरकार झुक्न नझुक्ने र झुक्न पनि नदिने बताए ।

कांग्रेस सत्ता बिना टिक्न नसक्ने पार्टी हो भन्दै अप्ठेरो अवस्थामा सरकार छोड्ने र अरुलाई बदनाम गराएर सहज अवस्थामा सत्तामा जाने उसको परिपाटीका कारण देश संकटमा परेको उनले आरोप लगाए ।

भारतका कट्टर आलोचकका रुपमा चिनिने विजुक्छेले मधेसीलाई छुट्टै राज्य र अंगीकृत नागरिकलाई वंशज नागरिक सरहको अधिकार कुनै हालतमा दिन नहुनेमा जोड दिए ।

भारतले मधेसी नेताको काँधमा बन्दुक राखेर नेपालमा आफ्नो उपनिवेश लाद्न खोजेको आरोप लगाउँदै उनले त्यो कदापी सफल नहुने चेतावनी समेत दिए ।