
– अनिल खत्री
गुल्मी, २० माघ । गुल्मीमा शिक्षकको कुटाईबाट विद्यार्थीको कानको जाली फुटेको छ ।
गुल्मीको सदरमुकाम तम्घासको रेसुङ्गा माविको कक्षा ९ मा अध्ययनरत १७ बर्षीय बिद्यार्थी सन्तोष पाण्डेयलाई कुटपिट गरी कानको जाली फुटाउने शिक्षक कृष्ण थापालाई प्रहरीले पक्रेको छ । शिक्षक थापाले गृहकार्य नगरेको भन्दै माघ १७ गते बिद्यार्थी सन्तोषलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
पीडित बिद्यार्थीको कानको जाली फुटेकाले भैरहवा मेडिकल कलेजमा उपचार भैइरहेको बुवा शिवलाल पाण्डेयले बताउनुभयो ।
उक्त बिद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष बुद्धिधर थापाले पीडित बिद्यार्थीलाई उपचारको लागी सम्बन्धित ठाउँमा पठाइएको र कुटपिट गर्ने शिक्षकलाई प्रहरीको जिम्मा लगाएको जानकारी दिनुभयो ।












प्रतिक्रिया