७ कार्तिक २०८३, शनिबार

पूर्व प्रधानमन्त्री कोइराला र भट्टराईको अन्त्यष्टिको पैसा सरकारले अहिलेसम्म दिएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girija_20121020080930काठमाडौं, २० माघ । लामो राजनीतिक संघर्षसँगै राष्ट्र र सरकार प्रमुखको समेत जिम्मेवारी सम्हालेका गिरिजाप्रसाद कोइरालाको निधन भएको ६ बर्ष बितिसकेको छ ।

अर्का सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पनि निधन भएको पाँच बर्ष बितिसकेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

सरकारले दुबै प्रधानमन्त्रीलाई राजकीय सम्मानका लागि सरकारी खर्चमै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय गर्‍यो ।

तर, पटक पटक प्रधानमन्त्री भैसकेका पूर्वप्रधानमन्त्रीद्वयको अन्त्येष्टि खर्च भने सरकारले अझै तिरेको छैन ।

पूर्वप्रधानमन्त्री कोइरालाको अन्त्येष्टिमा करिब २५ लाख रुपैयाँ र अर्का पूर्वप्रधानमन्त्री भट्टराईको अन्त्येष्टिमा करिब ४ लाख रुपैयाँ खर्च भएको थियो ।