१४ कार्तिक २०८३, शनिबार

यसवर्षको गणेशदत्त भट्ट स्मृति पुरस्कार अग्रज पत्रकार थापालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitrange-Thapa– नरी बडु
बैतडी, १९ माघ । यसवर्षको श्री गणेशदत्त भट्ट स्मृति पत्रकारिता पुरस्कार सुदूरपश्चिमका अग्रज पत्रकार चित्राङ्ग थापालाई प्रदान गरिने भएको छ ।

लामो समयदेखि क्रियाशिल रुपमा पत्रकारिता पेशा गरिरहेका कान्तिपुर दैनिकका बरिष्ठ सहायक उपसम्पादक थापालाई सो पुरस्कार प्रदान गरिन लागेको हो ।

बैतडीमा लामो समयदेखि क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका एवम् हाल नेपाल पत्रकार महासंघ शाखा बैतडीका अध्यक्ष समेत रहनुभएका नरेन्द्र प्रसाद भट्टका पिताको नामले २०७१ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १० हजार रहेको गणेशदत्त भट्ट स्मृति कोषले जनाएको छ ।

आज बैतडीमा पत्रकार सम्मेलन गरी कोषले पत्रकारिता क्षेत्रमा दशकौदेखि क्रियाशिल थापालाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको हो ।

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, नेपाल पत्रकार महासंघ बैतडीका पूर्व अध्यक्ष राजेन्द्र नाथ र स्मृति कोषका एक जना गरी तीनजनाको छनोट समितिले उक्त पुरुष्कारका लागि थापालाई सिफारिस गरेको थियो ।

थापालाई फागुनमा हुने प्रेस स्वतन्त्रता दिवसका दिन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले पुरस्कार प्रदान गर्नेछन् ।

बुवाले आफ्नो र जिल्लाको पत्रकारिता क्षेत्रमा ठूलो योगदान गरेको र उहाँकै सम्झनामा क्रियाशिल रुपमा खटिएका पत्रकारहरुको मनोबल बढाउने उद्देश्यले उक्त पुरस्कारको स्थापना गरिएको स्वर्गीय गणेशदत्त भट्टका पुत्र एवं नेपाल पत्रकार महासंघका अध्यक्ष नरेन्द्र भट्टले बताउनुभयो ।

बैतडीमा सञ्चालनमा रहेका विभिन्न छापा तथा प्रशारण मिडियाहरुमा स्वर्गिय भट्टको ठूलो योगदान रहेको पाईन्छ ।