
लुम्बिनी, १९ माघ । ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा)का २५० जनाको भिक्षुणीहरुले २ हजार ५ सय किलोमिटर लामो साइकल यात्रा सम्पन्न गरेका छन् ।

महिला सशक्तिकरणसहित पर्यावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यका साथ ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा) रामकोट काठमाडौंबाट गत मंसिर २ मा साइकल यात्रामा निस्केको २५० जनाको भिक्षुणीहरुको टोली भारतको विभिन्न शहरसहित धार्मिक स्थलहरुको भ्रमण गरि २ हजार ५५० किमी लामो दुरिको यात्रा पुरा गरि शनिवार बुद्ध जन्मस्थल लुम्बिनीमा आईपुगेको छ ।

आज बिहान साइकल यात्रीहरुको टोलीले लुम्बिनीमा रहेको को मायादेविको मन्दिरमा पुजा पाठ गरि माया देवीको दर्शन समेत गरेको लुम्बिनी विकाष कोषको सदस्य सचिव अजितमान तामाङले बताउनुभयो । सो अवसरमा लुम्बिनी विकाष कोषकोतर्फबाट साइकल यात्रीहरुको टोली स्वागत गरेको थियो ।

भिक्षुणीहरुको टोली भारतको कुशिनगर, बिहार, उत्तर प्रदेशको गोरखपुर, गया, पटना, राजगिरी, वानरासी, इलाहावाद, कानपुर, आग्रा हुदै भारतको राजधानी नयाँ दिल्लीसम्म पुगेर फर्किएको हो । यो साइकल यात्राको आयोजना धर्म गुरु परम पावन ग्यालवाङ ढ्रुक्पा रिन्पोचे ज्यूलको नेतृत्वमा लिभ टु लभ ईन्टरनेशनलले गरेको हो ।

यात्राको क्रममा विभिन्न धार्मिक स्थलहरुको दर्शन गरिएको र विश्व शान्तिको लागि पुजा पाठ समेत गरेको टोलीको सदस्य भिक्षुणी जिग्मे तेन्जिले बताउनुभयो । उहाँको अनुसार सो साइकल यात्रीहरुको टोलि भोलि काठमाडौं आइपुग्ने छ ।












प्रतिक्रिया