१ कार्तिक २०८३, शनिबार

कन्ट्री साइडमा लोक फ्लेबरको ओठको सहि छाप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chultim 2काठमाडौं । लोक पप फ्लेबरका गीत गाएर दर्शकको मनमा बस्न सफल गायक अभिनाश घिसिङले सातौं एल्बम ‘कन्ट्री साइड’को ‘ओठको सहि छाप’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

सेलो र आरएण्डबी फ्लेबरको फ्युजन रहेको भिडियोमा उनले मोडल तथा ‘नोभेम्बर रेन’नायिका छुल्ठिम डोल्मा गुरुङसँग फिचरिङ गरेका छन् ।

नवीन शेर्पा र सुशनको शब्द, संगीत रहेको गीतको भिडियोको निर्देशन सइन्द्र श्रेष्ठले गरेका हुन् । भिडियोमा हरि हुमागाईको छाँयाकन र प्रकाश तुलाधरको सम्पादन छ ।

‘एल्बमको सबै काम सकिएको छ, अब फागुन महिनामा सार्वजनिक गर्दैछु’, गायक घिसिङले भने, ‘यसअघिका गीतजस्तै यो गीतलाई पनि श्रोता दर्शकले मनपराउनु हुनेछ भन्ने लागेको छ ।’

उनका अनुसार नयाँ एल्बममा ‘गाडी त जर्मनको’ बोलको पुरानो गीतलाई रिमेक गरिएको छ । यो गीतको अमेरिकास्थित क्यालिफोर्नियामा छायांकन गरिएको छ ।

सुरज शाहले निर्देशन गरेको भिडियोमा सुवासजी तामाङले मोडलिङ गरेका छन् । हाल सम्पादन चरणमा रहेको भिडियोको सम्पादन हिमाल श्रेष्ठले गरेका हुन् ।

घिसिङले २०५७ सालमा डेब्यु एल्बम ‘च्याङबा’ ल्याएका थिए । त्यसपछि २०५९ मा ‘जेनेरेसन डट एनपी’, २०६१ मा ‘जिरो प्वाईन्ट’ आयो ।

‘जिरो प्वाइन्ट’को ‘सुनको बाला’, ‘ल्हासाको चिसोले’लगायतका गीत हिट भए । त्यसपछि २०६४ मा आएको एल्बम ‘हिल एरिया’मा रहेको ‘चम्पा’बोलको गीत र २०६७ मा आएको ‘सन अफ हिमालय’को ‘ज्यानलाई मैले’बोलको गीत हिट भए ।

उनले २०६६ मा काइरन नामक तामाङ भाषाको एल्बम पनि निकालेका थिए । सातौं एल्बमलाई भाइब्स क्रिएसनले उत्पादन गरेको हो ।