काठमाडौं, २ साउन । कमैया मुक्ति घोषणा भएको शुक्रवार १४ वर्ष पुगेको छ । कमैया मुक्ति घोषणा भएको दिन अर्थात आज मुक्त कमैया दिवस पनि हो । तर, कमैया मुक्ति घोषणा भएको १४ वर्ष पुरा हुँदा पनि मुक्त कमैयाहरुको समस्या अहिलेसम्म पनि जस्ताको तस्तै नै छ ।
मध्य तथा सुदुरपश्चिमका पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल श्रावन २ गते मुक्त घोषित गरेको थियो ।
मुक्त घोषणासँगै सरकारले कमैयाहरुका लागि जग्गा, घर बनाउने काठ उपलब्ध गराई लागेको ऋण मिनाह गरेको थियो । तर, मुक्त भएको एक यत्तिका समय बितिसक्दा पनि मुक्त कमैयाहरुले सचित पुनःस्थापना र राहत पाउन सकेका छैनन् । जसका कारण उनीहरुको जीवन झन कष्टपूर्ण बन्दै गएको छ । राज्य भने बेखवर जस्तै छ ।
















प्रतिक्रिया