
एजेन्सी । भारत-पाकिस्तान सम्बन्ध फेरि दुश्मनीमा परिणत भएको समाचार सार्वजनिक भएको छ । त्यही दुश्मनीका कारण पाकिस्तानले भारतका कलाकारलाई समेत भिसा दिन अस्वीकार गरेको छ ।
भारतको पञ्जाबस्थित पठानकोटमा भएको आतंकवादी हमलापछि विग्रिएको सम्बन्धमा पाकिस्तानमाथि भारतले चारैतिरबाट दबाब हालेको थियो । त्यसैको बदलामा आज पाकिस्तानले भारतीय कलाकारलाई आफ्नो देशमा आउनबाट रोकेको समाचारमा जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले बलिउडका चर्चित अभिनेता अनुपम खेरलाई भिसा दिन अस्वीकार गरेको हो । यसको कारण दुई देशको दुश्मनी भएको बताइएको छ ।
समाचार अनुसार अनुपम खेरलाई पाकिस्तानमा आयोजना हुन लागेको पाक साहित्य महोत्सवमा बोलाइएको थियो । तर, पाकिस्तानको वैदेशिक विभागले भिसा दिन अस्वीकार गरेपछि उनी त्यहाँ जान नपाउने भएका छन् । यो साहित्य महोत्सव ५ फरवरीदेखि कराचीमा सुरु हुँदैछ ।
यो खबरपछि अनुपम खेरले दुःख व्यक्त गर्दै कलाकारलाई राजनीतिक प्रतिशोधमा नमुछ्न आग्रह गरेका छन् ।















प्रतिक्रिया