१४ कार्तिक २०८३, शनिबार

कोटेश्वरमा बसको ढोकाबाट खसेर स्कुल जान लागेका विद्यार्थीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koteshor

काठमाडौँ, १९ माघ । सवारी दुर्घटनामा परी काठमाडौंको कोटेश्वरमा एक युवकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर चोकस्थित सडक खण्डमा मंगलबार विहान बा.२ ख ६९८४ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भक्तपुर मध्यपुर ठिमी बस्ने १७ बर्षीय श्रीजन ढकालको उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

जेम्स स्कुल धापाखेल ललितपुर कक्षा १२ मा अध्ययनरत ढकालको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।