१ कार्तिक २०८३, आइतबार

‘भारुको अवैध कारोबार रोक्न सीमामा मुद्रा संकलन केन्द्र’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa– नरेश केसी
भैरहवा, १९ माघ । सीमा क्षेत्रमा भारतीय मुद्राको अवैध कारोबार बढेकोप्रति मनि चेन्जर व्यवसायीले चासो व्यक्त गरेका छन् ।

लुम्बिनी मनि चेन्जर संघले भैरहवामा आयोजना गरेको भारतीय रुपैयांमा देखिएको समस्या तथा समाधानकोलागी अन्तरक्रिायात्मक कार्यक्रमका सहभागीले सीमा क्षेत्रमा भारतीय मुद्राको संकलन केन्द्र आवश्यक भएको बताए । कार्यक्रममा बोल्दै संघका कार्यबाहक अध्यक्ष गोपाल भण्डारीले भने “अहिले सीमा क्षेत्रमा भारुको जुन समस्या सृजना भएको छ त्यस्को मुख्य कारण अबैध धन्दा नै हो । हामी व्यवसायीले इजाजत लिएर बस्दा कोही पनि रकम साट्न आउदैन तर इजाजत विहीन व्यक्ति, पान पसल, ठेला, गाडी चालक, पसलेहरुले दैनिक लाखौंको अबैध कारोबार गरिरहेका छन् । यसको नियमन खै ?”

कार्यबाहक अध्यक्ष भण्डारीले सीमावर्ति भारतीय बजार सुनौली नौतनवा र भैरहवाका केही कपडा व्यापारी, इलेक्ट्रोनिक्स समानका व्यापारीले अबैध रुपमा भारतीय रुपैयाको सटही गरिरहेको समेत जनाए । उनले भने “अबैध कारोबारलाई रोक्न मनि चेन्जर संघको साझा संस्थाको रुपमा सीमा क्षेत्रमा भारतीय रुपैयाको संकलन केन्द्र जरुरी छ ।” संकलन केन्द्रले भारतबाट नेपाल भित्रीनेहरुको रकम संकलन गर्ने र नेपालमा नेपाली मुद्रा प्रयोगकोलागी उत्प्रेरणा दिने काम गर्ने संघले जनाएको छ ।

सोही अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले नेपाल र भारतबीचको व्यापार असन्तुलनको कारण भारतीय रुपैयांको अभाव भएको जनाए । प्रजिअ ढकालले इमान्दारसाथ काम गर्ने व्यवसायीलाई स्थानिय प्रशासनले सधैं संरक्षण गर्ने पनि जनाए ।

सोही अवसरमा नेपाल राष्ट्र बैंक भैरहवा शाखा प्रमुख श्रवण अधिकारीले विदेशी विनियम २०१९ अनुसार मनिचेन्जरहरुलाई विदेशी मुद्राको सटहीको अख्तीयारी सहित इजाजत दिएको हुदां उनीहरुको नियमन र निरीक्षण गर्दा राष्ट्रबैंकसंग समन्वय र सहकार्य गरेर गर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।

अधिकारीले अब डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग जति सक्दो धेरै गर्नुपर्ने र नगदको कारोबार कम गरेमा अबैध धन्दा रोक्न सहयोग पुग्ने पनि जनाए ।अधिकारीले प्रति रुपैया अधिकत्तम ४० पैसा सम्म सटही गर्दा मनिचेन्जरले कमिशन राख्न पाउने नियम भएको समेत जनाए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद शर्माले राज्य र प्रहरीले नबुझिकनै व्यवसायीहरुमाथी हस्तक्षेप गर्ने गरेको गुनासो गरेका थिए । रुपन्देही प्रहरी प्रमुख बुद्धिराज गुरुंगले प्रहरीको काम कानुनको पालना गर्नु गराउनु भएको हुदां प्रहरीले आफ्नो कत्वर्य पुरा गरिरहेको जनाए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्माले राज्यको अदुरदर्शित नीतिको कारण सम्पुर्ण व्यवसायी धरासायी भए जस्तै मनिचेन्जर व्यवसायी पनि मर्कामा परेको जनाए ।

संघका सचिव क्रृषी पाण्डेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा व्यवसायीहरुले नियमसंगत ढंगले काम गरेर खान कसैले पनि रोकावट गर्नु गलत भएको भन्दै प्रसासनको ध्यानाकर्षण गराएका थिए । सरकारले इजाजत नलिई मुद्राको अबैध कारोबार गरेको भेटाएमा त्यस्ता व्यक्ति तथा प्रतिष्ठान उपर कारबाहि गर्न राजस्व विभागलाई जिम्मेवारी दिएको छ ।

पछिल्लो समय भारुको अभाव हुदां १ सयको १८ रुपैयांसम्म सटही कारोबार भएको छ भने नेपालका एभरेष्ट, एसविआई लगायतका बाणिज्य बैंकसंग भारतीय बैकहरुसंग सम्बन्धन भएका बैंकका प्रतिव्यक्तिले सयौं एटिएम कार्ड बनाई अबैध कारोबार गरिरहेका छन् ।