१४ कार्तिक २०८३, शनिबार

बुटवल जेसिजको ४२ औं पदस्थापना कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Butwal-Jasis

– बिन्दु थापा
बुटवल, १८ माघ । बुटवल जेसिजको ४२ औ पदहस्तारण तथा पदस्थापना कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

बुटवल जेसिज २०१५ का अधक्ष्य कृष्णदेव भण्डारीले बर्ष २०१६ का नवनिर्वाचित अध्यक्ष राजु पौडेललाई पद हस्तान्तरण गरेका हुन् । पदभार ग्रहण तथा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी बीबीसीका पूर्व सम्पादक सुमन खरेलले जेसिजको उच्च मुल्यांकन गर्दै जेसिजले गर्दै आएका कामहरु सह्रानिय भएको बताए । उनले बर्ष २०१५ को टिमले र विगतका बर्षहरुमा गरिएका कामलाई अबको टिमले पनि निरन्तरता दिँदै काम गर्न सुझाब दिए ।

कार्यक्रममा बिशिष्ट अथिति नेपाल जेसिजका नवनिर्वाचित अध्यक्ष जगत बहादुर पोखरेलले जेसिजको मुल मान्यतालाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबै लाग्नुपर्ने बताए । नेपाल जेसिजको अध्यक्षमा जिताउन सबै जेसिहरुको ठूलो सहयोग रहेको भन्दै आगामी दिनमा जेसिहरुको मुल मान्यता अनुसार अगााडि बढ्ने बताए तथा नयाँ कार्यसमितिलाई धन्यबाद ज्ञापन गरे ।

बुटवल जेसिजको सन् २०१६ का नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष जेसी राजु पौडेल, कार्यकारिणी उपाध्यक्षमा जेसी राजेन्द्र बहादुर जिसी, जेसी राजिब गौतम, महासचिवमा जेसी राजेन्द्र घिमिरे र कोषाध्यक्षमा जेसि नरदेव न्यौपाने मनोनित भएका छन् । त्यस्तै उपाध्यक्षमा जेसि विष्णु ज्ञवाली, जेसि कमल देवकोटा, जेसि भेषराज घिमिरे, जेसि आशिषकृष्ण श्रेष्ठ, सह सचिव जेसि लक्ष्मण पन्थि, सह कोषाधक्ष्य जेसि अर्जुन गौतम रहेका छन् । त्यस्तै कानुनी सल्लाहकारमा जेसि विजय वर्गवाल मनोनित भएका छन् भने अध्यक्षय सल्लाहकारमा जेसि कृष्ण तिवारी, जेसि ओम प्रकाश अर्याल र जेसि यमप्रसाद तिवारी रहेका छन् ।