२३ कार्तिक २०८३, सोमबार

प्रचण्डले दिए नाकाबन्दी खुल्ने नयाँ सुत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao

काठमाडौं, १८ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाकाबन्दी खुल्ने सुत्र सार्वजनिक गरेका छन् ।

सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रचण्डले आफूले दिएको सुत्र पुरा भए भोली विहानैदेखि नाकाबन्दी खुल्ने दाबी गरे । उनले भने- मधेसवादी दलसँग कुनै संयन्त्रमार्फत तीन महिनामा सीमांकन टुंग्याउने सहमति भएपश्चात मात्र नाकाबन्दी खुल्छ । अहिले नाकाबन्दी भारतबाट छैन् । समस्या हामीभित्रै छ । जतिसक्दो चाँडो समाधान गरौं ।

सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रको समेत प्रमुख रहेका प्रचण्डले संविधान संशोधन गर्दैमा नाकाबन्दी नखुल्ने कुरा आफूलाई थाहा भएको बताउँदै मधेसको मुख्य माग सीमांकनमा केही न केही सहमति हुने वित्तिकै नाका सूचारु हुने स्पष्ट पारे ।

‘संविधान संशोधन त भयो, तर सीमांकनको कुरा मिलेको थिएन । त्यसैले मलाई चाहीं खुल्छ जस्तो लागेको थिएन । खुलेको पनि छैन् ।’ उनले मधेसी मोर्चासँग थप छलफल र वार्ता गरी सीमांकनमा एकचरणको सहमति गर्नुपर्ने बताए । उनले भने- सीमाकंनको कुरा मिलाउ जति सक्दो चाँडो मिलाउ । नाका आफै खुल्छ ।’

प्रचण्डले सुत्र दिएकै सोमबार अपराह्न मधेसी मोर्चा र तीन दलबीच सकारात्मक वार्ता भएको छ ।

ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार

नेता प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने बताए । संविधानको सहज कार्यान्वयन र मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार जरुरी रहेको उनको कथन थियो । नेपाली काँग्रेसलाई पनि वर्तमान सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले सो दलको १३औँ महाधिवेशन अगावै राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्ने सम्भावना औल्याए ।

उनले भने– “राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्छ । त्यसमा कुनै विलम्ब हुनुहुँदैन । म त्यसको उम्मेदवार होइन । मलाई प्रधानमन्त्रीको लोभ छैन । तर वर्तमान प्रधानमन्त्री ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भने गठन हुनुपर्छ ।”

बाबुरामको कदम आत्मघात

नयाँ शक्ति भन्दै माक्र्सवाद नै परित्याग गरेर हिँड्नु डा बाबुराम भट्टराईको पूर्णत गलत एवम् आत्मघाती कदम भएको बताउँदै उनले भने, “माक्र्सवाद नै परित्याग गर्नु, जनयुद्धको मर्म नै परित्याग गर्नु र विगतको आन्दोलन नै गलत थियो भन्नु पूर्णत गलत छ । त्यो मुलुकविरुद्धको घात हो, क्रान्तिप्रतिको घात हो र अन्ततः आत्मघात नै हो । नयाँ शक्तिले मुलुकलाई कहीँ पनि लाँदैन ।”