२३ कार्तिक २०८३, सोमबार

हाम्रो स्वाधीनता कसैले झुकाउन सक्दैनः प्रधानमन्त्री ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीमा भएको एकता एवम् सामाजिक सद्भाव कसैले तोडाउन नसक्ने बताउनुभएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको एक दिने बाल राष्ट्रिय गीत सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीमा देशभक्ति र राष्ट्रिय एकताको भावना प्रबल भएकाले कसैले हाम्रो स्वाधीनता झुकाउन सक्दैन, हामी कसैको दासता स्वीकार्न तयार छैनौं ।”

प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्मका नेपाली नागरिक राष्ट्रियता र एकताको भावनाले ओतप्रोत भएकाले राष्ट्र कमजोर नहुने विश्वास दिलाउनुभयो ।