२३ कार्तिक २०८३, सोमबार

अन्ततः सशस्त्रका आईजीपी कोषराज वन्त जेल जाकिने, अदालतमा मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kosh-Raj-Onta-APF

काठमाडौं, १८ माघ । भ्रष्टाचारको आरोपमा अख्तियारको छानविनमा रहेका सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्तसहित सशस्त्र प्रहरी बलका ९ जना अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो । एक विज्ञप्ति जारी गर्दै अख्तियारले सामान ढुवानी नगरी नक्कली बील भर्पाइ बनाएर भ्रष्टचार गरेको आरोप लगाइ मुद्दा हालेको जनाएको छ ।

अख्तियारले दोषी ठहर गरेका अभियुक्तहरुमा वन्तसहित डिआईजी अरविन्द धिताल, एसपी जगत नारायण श्रेष्ठ, डिएसपी आनन्द थापा मगर, लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापा, नायव निरीक्षकहरु निलबहादुर श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, लेखबहादुर खत्री र जवान मिलन अधिकारी रहेका छन् ।

यसैगरी नक्कली बिल बनाउन सहयोग गर्ने सदाज्योती र अदिती ट्रान्सपोर्टविरुद्ध पनि मुद्दा चलाइएको अख्तियार प्रवक्ता कृष्णहरी पुस्करले बताए । उनीहरुले ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँको भ्रष्टाचार गरेको भन्दै त्यही अनुसारको माग दावी गर्दै मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि वन्तले १० करोड धरौटी बुझाएर अख्तियारबाट रिहा भएका थिए ।