१४ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीले गर्यो सञ्चार क्लबको अवलोकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-Chautari

मोरङ १८ माघ । प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष सहितको टोलीले सोमवार उर्लावारीस्थित सञ्चार क्लब नेपालको अवलोकन गरेको छ ।

पूर्वी नेपालका जिल्ला अधिबेशन भ्रमणको क्रममा उर्लावारी आईपुगेको चौतारीको टिमले सञ्चार क्लब उर्लावारीको अवस्था, क्लबका गतिविधि लगायतका विषयमा जानकारी लिएको हो । क्लबको अवलोकन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले आफू सञ्चार क्लबका बारेमा जानकार रहेको बताउँदै क्लबको विकाशका लागि संगठनबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

पूर्वी मोरङका पत्रकारहरुलाई संगठित बनाएर लैजान क्लबले खेलेको भूमिकाको प्रंशासा गर्दै आर्यालले चैत वा वैशाखमा तालिम सञ्चालनका लागि काठमाण्डौबाटै प्रशिक्षणको व्यवस्था गरिदिने प्रतिबद्धता जनाउनुभयो ।

अवलोकन टोलीमा चौतारीका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, उपाध्यक्ष कुशलबाबु बस्नेत, उपेन्द्र केशी, सचिव गणेश पाण्डे, केन्द्रिय सदस्य तथा कोशी अञ्चल इन्चार्ज लिलाराज भट्टराई लगायत सहभागी रहनु भएको थियो ।