२३ कार्तिक २०८३, सोमबार

संविधान संशोधनपछि पहिलोपटक तीन दल र मधेसी मोर्चाबीच वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १८ माघ । संविधान संशोधन भएको दुई सातापछि पहिलोपटक प्रमुख तीन दल मधेसी मोर्चाबीच वार्ता भएको छ ।

सिंहदरबारमा जारी वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुरसहित दोस्रो तहका नेताहरु सहभागी छन् ।

आजको वार्तामा संविधान संशोधन, मधेस आन्दोलन र नाकाबन्दीबारे छलफल भइरहेको नेता रामनरेश यादवले जानकारी दिनुभयो ।

यसअघि प्रमुख तीन दलले मधेसका माग सम्बोधन गर्ने भन्दै मोर्चाको सहमतिविना संविधान संशोधन गरेपछि वार्ता हुन सकेको थिएन् ।