१ कार्तिक २०८३, आइतबार

मोरङमा भोलिदेखि दैनिक ८० हजार डिजेल वितरण गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-pumpविराटनगर, १८ माघ । मोरङमा भोलिदेखि दैनिकरुपमा ८० हजार लिटर डिजेलको बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।

सरकारी कार्यालय, विभिन्न सङ्घसंस्था, ढुवानी सेवा, सार्वजनिक यातायातका साधनलगायत विभिन्न उद्योग कलकारखानालाई निर्धारण गरिएअनुरुप नै पेट्रोल पम्पबाट डिजेल उपलब्ध हुने व्यवस्था मिलाइएको हो ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी तोयम रायको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सो निर्णय सार्वजनिक गरिएको हो ।

सोअनुसार, लामो दूरीका यात्रुवाहक बसलाई दैनिकरुपमा सात हजार लिटर, छोटो दूरीका यात्रुवाहक बसलाई तीन हजार लिटर, ढुवानी गर्ने ट्रकलाई पाँच हजार लिटर, सरकारी कार्यालयलाई आठ हजार लिटर, भन्सार कार्यालयको ट्रक, कन्टेनरलगायत साधनका लागि नौ हजार लिटर, ग्यास उद्योगलाई तीन हजार लिटर, कृषि क्षेत्रका लागि चार हजार लिटर डिजेल छुट्ट्याइएको छ ।

यसबाहेक स्वास्थ्य, सञ्चार, गैरसरकारी संस्था, प्रहरी, संस्थान, विमानस्थल, निगमको ट्रक, ट्याङ्कर, होटल, उद्योग, व्यवसाय, सामाजिक कार्यक्रमका लागि इन्धनको कोटा निर्धारण गरिएको हो ।

सो बैठकमा नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगर, सरकारी कार्यालयका प्रमुख, उद्योग, व्यापार सङ्गठनका प्रतिनिधि, यातायात सङ्घ, सङ्गठनका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

सो अवसरमा प्रजिअ रायले सरकारी कार्यालयले आ–आफ्ना कार्यालयको इन्धनको बजेटअनुरुपमात्र लिन पाउने बताउँदै डिजेलको आपूर्तिमा वृद्धि भएपछि थप गर्न सकिने बताउनुभयो ।

निगम क्षेत्रीय कार्यालय विराटनगरका उपप्रबन्धक नवविनोद पोखरेलले डिपोमा तीन हजार किलोलिटर डिजेल मौज्दात रहेको जानकारी गराउनुभयो । रासस