काठमाडौं, १८ माघ । देशको चौथो सुरक्षा निकाय राष्ट्रिय अनुसन्धान विभागमा नयाँ भर्ना खुलेको छ ।
गृह मन्त्रालय मातहतको विभागले सोमबार सार्वजनिक सूचना जारी गरी अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आब्हान गरिएको जनाएको छ ।
सूचनाअनुसार २७ जना अनुसन्धान अधिकृत र ४८ जना अनुसन्धान सहायकका लागि भर्ना खोलिएको हो ।
अनुसन्धान अधिकृतका लागि घटिमा स्नातक वा सो सरहको प्रमाणपत्र, अनुसन्धान सहायकका लागि कम्तीमा प्रमाणपत्र तह उर्तिण हुनुपर्ने विभागले जनाएको छ ।
यो पदमा तलब पनि निकै आकर्षक रहेको विभागले जनाएको छ ।















प्रतिक्रिया