
काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसामू १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बंगलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाएर १६९ रन बनायो ।
नेपालका लागि सुन्दिप सुनारले सर्वाधिक ३७ रन बनाए । उनले ७३ बल खेलेर ४ चौका प्रहार गरेका थिए । यसैगरी राजविर सिंहले ३५, प्रेम तामाङले २९ र आरिफ शेखले २६ रन जोडे ।
यसअघि नेपालले न्यूजिल्याण्डलाई २३ रनले हराएको थियो भने आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ ।












प्रतिक्रिया