काठमाडौं । त आँट, म पुगाउँ छु । भगवानसँग सम्बन्धित चर्चित नेपाली उखान कतिको जीवनमा के कति मेल खायो, त्यो भन्न नसकिए पनि उनको जीवनमा भने यो भनाइले मेल खाएको छ । गजल ,आधुनिक, पप, चलचित्रलगायत संगीतको जुनजुन बिधामा उनले हातहाले सबैमा सफल देखिएका छन् । उनी अर्थात थानेस्वर गौतम ।
गजल गायन, संगीत र गायनमा राम्रो परिचय बनाएका गौतमले आधुनिक गीतमा पनि त्यतिकै संगीत भरेका छन् । पछिल्लो समय चलचित्र ‘रामप्यारी’को एक गीतमार्फत चलचित्र संगीतमा पाइला बढाएका उनले त्यो चलचित्र प्रदर्शनमा नआउँदै अर्काे चलचित्र ‘लाल जोडी’मा पनि संगीत गर्ने अवसर पाए । उनको पहिलो संगीत रहेको चलचित्र ‘रामप्यारी’को ‘छमछम पाउँजुहरु..’बोलको गीतले अहिले चर्चा पाइरहँदा लालजोडीको गीतले पनि चर्चा पाउने उनी बताउँछन् ।
धेरैलाई लाग्न सक्छ संगीतका बिभिन्न बिधामा अलग पहिचान बनाउँन सफल उनी उमेरले पाका होलान् । फरक यती मात्र हो कि उनको उमेरका साथीहरु फेसबुक र इन्टरनेटमा रमाउँछन्, पार्क र रोमान्टिक ठाउँमा डेटिङ जान्छन्, गर्लफ्रेण्डको अंगालको निधाउँछन् ।
उनी भने टेम्पोर र तबलासँग रमाउँछन् । किबोर्ड र भ्वाइलनसँग डेटिङ गर्छन् । हारमोनियमको अंगालोमा निदाउँछन् ।
बागलुङ गलकोट काडाबास ज्यामिरेका गौतमले संगीत विषयमा त्रिभुवन युनिभर्सिटीबाट मास्टर डिग्री गरेका छन् । युनिभर्सिटीमा संगीत सुरु भएपछिको पहिलो ब्याजका विद्यार्थी हुन् उनी ।
सुरुमा लहलहैले र त्यसपछि रहरले गाउँने गरेका उनले २०५६ मा अध्यायन सुरुसँगै व्यावसायिक संगीत यात्राको थालनी गरेका हुन् ।
०५८ मा ‘सोधौ कसलाई..’दोहोरी गीतबाट गायन सुरु गरेका उनले यो गीतमा चर्चित गायिका बिमाकुमारी दुराको साथ पाएका थिए । यो गीतको सफलतासँगै गायनमा लाग्न हौसिएका उनलाई उर्जा थप्ने काम भने रमेश अधिकारीले गरे ।
२०६० उनले गायिका लक्ष्मी न्यौपानैसँग फेरि अर्काे लोकदोहोरी ‘ख्याल ख्यालैमा’ गाए । यो गीतबाट उनको संगीतिक उडान सुरु भयो । पश्चिमेली शैलीको यो गीतले उनलाई पश्चिम क्षेत्रकै चर्चित गायक बनायो ।
०६१ फेरि उनको अर्काे लोक ‘नाकमा फूली ए मेरी ठूली’ बोलको लोक गीत आयो । यो गीतबाट उनले देशभर संगीतिक उडान भर्न सफल भए । यसै गीतको माध्यमबाट उनी पूर्वदेखि पश्चिमसँग चिनिए । बिदेश भ्रमण समेत भ्याए ।
संगीत र गायनको चर्चासँगै उनको संगीतमा भजन कलेक्स ‘बिन्दाबनैमा’, ‘गहिरो माया’ आधुनिक एल्बमलगायत थुप्रै फुटकर गीत सार्वजनिक भए । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । केही वर्ष हराएर २०७० मा ‘सालै जो’ एल्बममार्फत देखिएका उनले बीचमा हराउनुको कारण अध्यायन रहेको बताए ।
अध्यायनकै क्रममा पनि उनले मातृप्रेम दर्शिने केही गीत ल्याए । आमाको सम्झनामा आफूले यो गीत ल्याएको उनले सुनाए । ‘सालै जो’ गीत उनले लाली बुढाथोकीसँग गाएका थिए । आफ्नै शब्द संगीत रहेको यो गीतबाट उनले इमेज अवार्ड समेत हात पारे ।















प्रतिक्रिया