२३ कार्तिक २०८३, सोमबार

महाराजगञ्जमा कांग्रेस र मधेसी मोर्चाबीच वार्ता, के-के भयो नयाँ सहमति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-morcha-Barta

काठमाडौं, १७ माघ । संविधान संशोधन प्रक्रियापछि पहिलोपटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता भएको छ ।

आइतबार कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको वार्तामा मधेसका थप माग सम्बोधनका लागि प्रधानमन्त्री र सत्तारुढ दलमाथि दवाब बढाउने सहमति भएको कांग्रेस नेता महेश आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- ‘वार्ता र सहमतिका लागि फेरि वातावरण बनाउने र त्यसका लागि सत्तारुढ दलमाथि दवाब बढाउने कुरा भयो । यसले निष्कर्षमा पुर्याउने विश्वास हामीले लिएका छौं ।’

वार्तामा मोर्चाबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताको उपस्थिती थियो । दुई पक्षका नेताबीच करिब डेढ घण्टा भएको वार्तामा सकारात्मक छलफल भएको तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले बताउनुभयो ।

भर्खरै दिल्लीबाट फर्किएका महतोलाई बोलाएर कांग्रेस सभापति कोइरालाले वार्ता सुरु गरेका हुन् ।

यसैबीच आज बसेको सत्तासाझेदार दलहरुको राजनीतिक संयन्त्रको बैठकले मधेसी मोर्चासँगको वार्तालाई निरन्तरता दिंदै सरकारका तर्फबाट पहल गर्ने निर्णय गरेको छ ।