३० आश्विन २०८३, शुक्रबार

छिमेकीको सिको गर्दा १२ बर्षीय बालकको झुण्डिएर मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

noose30n-1-web_20140717015401

काठमाडौं,  १ साउन  । छिमेककी एक व्यक्तिले गरेको आत्महत्याको सिको गर्दा १२ वर्षीय सिद्धार्थ कोइरालाको ज्यान गएको छ ।

ओखलढुङ्गा जिल्ला कुहीभीर– ७ स्थायी घर भई हाल नयाँपाटी– ४ सुन्दरीजल बस्दै आएका कोइरालाको छिमेकीले गरेको आत्महत्याको दृश्य हेरेपछि त्यसै गर्न खोज्दा ज्यान गएको हो ।

नयाँपाटीमै रहेको चण्डिकाश्वरी अङ्ग्रेजी मावि कक्षा ५ मा अध्ययनरत ती बालकले बुधबार आफू बस्दै आएको घरमै झुन्डिएर आत्महत्या गरेको वैद्ध प्रहरीले जानकारी दिएको छ ।

उनी मङ्गलबार विद्यालय छुट्टी भएपछि नयाँपाटी– २ मा घर बनाई बस्दै आएका काभ्रेपलाञ्चोक जिल्ला मदनकुडारी– १ का स्थायी बासिन्दा ३५ वर्षीय बुद्धिलाल तामाङले घरमा झुन्डिएर आत्महत्या गरेको दृश्य हेर्न गएका थिए ।

झुन्डिएको हेरेर आएपछि यसरी पनि मरिन्छ र भन्दै आफन्तसित सोधेको र पछि त्यसै गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ ।