१४ कार्तिक २०८३, शनिबार

मुक्तिनाथ विकास बैंक पार्वतीपुरको बित्तिय साक्षरता कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

financial literacy

चितवन, १७ माघ । मुक्तिनाथ विकास बैंक लिमिटेड सिमीत बैंकिङ्ग कार्यालय पार्वतिपुर चितवनले शुक्रनगर ०२, अमृतचोकमा आईतबार बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

सो साक्षरता कार्यक्रममा नारायणगढ अनुगमन कार्यालयका अनुगमन अधिकृत बाबुराम कुंवरले मुक्तिनाथ विकास बैंकको बित्तिय साक्षरता कार्यक्रम र यसको महत्वको बारेमा प्रष्ट पार्दै जनता बैंकमा होइन, बैंक जनता मा जानु पर्दछ भन्ने सोच सहित स्थापित यस बैंकको बित्तिय साक्षरता कार्यक्रमले शिक्षक, बिद्यार्थी, पेशाकर्मी, संघसंस्था, स्कूल, ब्यापारी, गृहणी महिला तथा लघुउद्यमी लाई प्रत्यक्ष फाईदा पुग्ने बताउनुभयो ।

बैंकले प्रदान गर्ने आधुनिक प्रबिधिमा आधारित सेवाहरुको बारेमा गिरुबारीका सिमित बैंकिङ्ग प्रमुख ईश्वर सापकोटाले प्रकाश पारेका थिए साथै यसै नारायणगढ शाखाका लघुबित्त डेस्क प्रमुख श्री भिमलाल पौडेल, सिमित बैंकिङ्ग प्रमुख श्री यादब प्रसाद भट्ट, सन्तोष रोका र मेघराज ढकालले बचत के हो, बचत गर्ने तरिका, बचत किन जरुरी छ, आबश्यक तथा अनाबश्यक खर्च, कर्जा प्रदायकका छनौट, पारिवारीक बजेट, बिमा लगायतका बिषयमा प्रष्टाएका थिए ।

सोहि बिषयलाइ नाटकिय माध्यमबाट अझ प्रष्ट पारीएकोले कार्यक्रममा उत्साह थपिनुका साथै स्थानिय जनसमुदायको बाक्लो उपस्थितिले कार्यक्रमलाई अन्तरक्रियात्मक र रोचक बनाएको थियो ।

बैंकले बिगत दुई बर्षदेखी बित्तिय पहुँच नपुगेका क्षेत्रहरुमा वित्तिय साक्षरता कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्दै आईरहेको छ । सोही बमोजिम अभियानलाई निरन्तरता दिने क्रममा यहि माघ महिना भित्र चितवनको खोलेसिमल र नवलपरासीको गिरुबारी, गोपीगञ्ज तथा रुपन्देहीको बुटवल, भैरहवा र हरैयामा पनि बित्तिय साक्षरता कार्यक्रम गर्ने योजना रहेको छ ।