१४ कार्तिक २०८३, शनिबार

मेडिकल कलेजका डाक्टरद्वारा निःशुल्क स्वास्थ्य शिविर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctor

– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, १७ माघ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाका डाक्टरहरुले निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छ्न ।

शुक्रबार मेडिकल कलेजका डाक्टरहरुको टोलिद्वारा दादुरा रोगको संक्रमण भएको कपिलवस्तु जिल्लाको रंगपुर गाविसमा बालबालिका तथा अन्य विरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै ६ महिना भन्दा बढी उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ए पनि खुवाइएको छ । साथै स्थानीय बासिन्दालाई दादुरा बाट बच्ने उपायहरूको बारेमा समेत जानकारी गराइएको थियो ।

Doctor-1

उक्त स्वास्थ्य शिविरमा डाक्टरहरु जय यादव, मनिष खतिवडा, शिशिर झा, सतिश दास, राम साह, राजिव राय यादव, मुक्ती वाग्ले, कौशल कुमार मण्डल, प्रशान्त महतो, कमलेश कुमार यादव, गङाराम यादव, दिलिप रौनियार, शुभम शुक्ला, सुवास गुप्ता, राकेश यादव लगायतको सहभागिता रहेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तु, रंगपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड र रंगपुर हेल्थ पोस्टको सहकार्यमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ३२८ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएको डा.सुवास गुप्ताले जानकारी दिए ।