सप्तरी, १७ माघ । भन्सार छली ल्याएको ५ किलो चाँदी सहित कंचनपुर–८ बस्ने सागर परियार र सम्भु सोर्णकारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले आइतबार तिलाठी–८ स्थित स.४ प ७८६९ नम्वरको मोटरसाइकलमा अवैध रुपमा भंसार छली ल्याएको उक्त चाँदी सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालय कुनौलीमा बुझाइएको छ ।












प्रतिक्रिया