२३ कार्तिक २०८३, सोमबार

‘मानव अधिकार आयोगले सरकारलाई गरेका सिफारिस कार्यान्वयन भएनन्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anup-Raj-Sharma

काठमाडौँ, १७ माघ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार उल्लङ्घनका घटनाहरुमा न्यायका लागि आयोगले सरकारलाई गरेका सिफारिस कार्यान्वयनमा नआएको गुनासो गर्नुभएको छ ।

खाद्य अधिकारवादी संस्था फियान नेपालको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पटक पटक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताउनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो – “जनकपुरको गोदार घटनालगायतमा दोषीहरुमाथि कारबाहीका लागि सिफारिस गर्दा पनि सरकारले त्यसप्रति ध्यान दिएन ।”

खाद्य अधिकार मानव अधिकारको मूल जरो भएको भन्दै उहाँले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको सुनिश्चित गर्न राजनीतिक दललाई नागरिक समाजले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

भूकम्पपीडितलाई राहत बाँड्दा अनियमितता भएको देखिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

मानव अधिकारकर्मी सुबोधराज प्याकुरेलले खाद्य अधिकार मानव अधिकारको सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले सरकारले भूकम्प प्रभावित जिल्लामा अहिले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

अधिकारकर्मी गणेश विकले खाद्य अधिकारबाट धेरै दलित वञ्चित हुनुपरेको अथार्थलाई राज्यले नबुझ्दा दलित समुदाय मर्कामा परेको बताउनुभयो ।

फियान नेपालका अध्यक्ष डा सर्वराज खड्का संविधानमा मौलिक हकमा खाद्य अधिकारलाई राखिएको हुनाले जतिसक्दो छिटो कानुन बनाउन सरकारसँग आग्रह गर्नुभयो । रासस