१ कार्तिक २०८३, आइतबार

भारतसँग ७० प्रतिशत व्यापारघाटाः मन्त्री बोहरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-Bohara

– नरेश केसी
भैरहवा, १७ माघ । वाणिज्यमन्त्री दिपक बोहराले भारतसँग धेरै परनिर्भर भएकै कारण व्यापार घाटा अत्यधिक भएको जनाएका छन् ।

लुम्बिनी प्रेस क्लब भैरहवाले आइतबार विहान भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बोहराले अहिलेको अवस्थामा भारतसंग ६५ देखी ७० प्रतिशतसम्म व्यापार घाटा भएको जनाए ।

मन्त्री बोहराले हाल भईरहेको व्यापार घाटा न्युनिकरणको लागि प्रधानमन्त्री केपी ओलीको छिट्टै हुने भारत भ्रमणको क्रममा छलफल हुने बताए ।

श्रम तथा रोजगारमन्त्री समेत रहेका बोहराले विभिन्न देशसंग श्रमसम्झौता भएको जनाउदै पहिलो चरणमा इजरायलमा सरकार टु सरकारको सम्झौता भएको र सोही अनुसार ६० जना केयर गिभरको रुपमा इजरायल जान थालेको जनाए । मन्त्री बोहराले विभिन्न युरोपियन कन्ट्री, साउदी अरबिया, मलेसियासंग रोजगारको सुरक्षित गन्तब्यको रुपमा सरकार टु सरकाको सम्झौता गर्न लागिएको जनाए ।

बैकल्पिक बन्दरगाहको रुपमा भारतको विशाखा पटनम बन्दरगाहलाई व्यवस्थित गरिन लागेको समेत उनले जनाए ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका बोहराले रुपन्देहीको विकासकोलागी निर्माणाधीन भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सम्पन्न गर्ने, विशेष आर्थिक क्षेत्रलाई शुरुवात गर्ने, भैरहवा बुटवलमा निर्माणाधिन व्यापारिक मार्गको आयोजनालाई तत्काल पुरा गर्ने, लुम्बिनीको गुरुयोजना अनुसार विकास गरी प्राध्यापक क्वाकको विश्व लुम्बिनी शान्तिनग्रामको योजनालाई लागु गर्न पहल गर्ने र भैरहवालाई सुन्दर तथा पर्यटकीय व्यापारीक शहरको रुपमा विकास गर्न भूमीका खेलिरहेको जानकारी दिए ।

सोही अवसरमा सांसद इस्तीयाक अहमद खान ले रुपन्देहीको विकासमा संसदमा सधैं आवज बुलन्द पारेको जनाउदैं, रुपन्देही क्षेत्र नम्बर १ र २ को विकासमा संसदीय विकास कोष अन्तरगतको बजेट मार्फत विकास निर्माणका काम सम्पन्न भईरहेको समेत जनाए ।