१४ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीको पुरस्कार चयन समिति गठन, स्थापना दिवस भव्य बनाउन जिल्लालाई निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepalकाठमाडौँ, १६ माघ । प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवस (माघ २२) मा प्रदान गर्दै आएका विभिन्न पुरस्कार चयनका लागि समिति गठन गरेको छ ।

चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएअनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजक तीर्थ कोइराला, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजक गोविन्द पोखरेल, वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजकमा लक्ष्मी साह र डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजकमा अक्षरी पोखरेल रहनुभएको छ ।

आगामी चैत ४ र ५ गते आठौँ महाधिवेशनको तयारीमा जुटेको चौतारीले स्थापना दिवसका दिन सबै जिल्लामा रचनात्मक कार्यक्रम आयोजना गरी मनाउन निर्देशनसमेत दिएको छ ।