१४ कार्तिक २०८३, शनिबार

भारतीय नाकाबन्दीविरुद्ध सीमासहरमा प्रदर्शन, भारतसँग नझुक्न ओलीलाई चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

रुपन्देही, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ४२ औं स्थापना दिवसको अवसरमा शनिवार भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन तथा अन्तरक्रिया भएको छ ।

सीमासहर रुद्रपुरमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरि सुन्दर बासीले अत्यन्त कष्ट सहेर पनि भारतीय नाकाबन्दीबिरुद्ध डटेर संघर्ष गरिरहेका नेपाली जनताको भावना विपरित सरकार भारतसंग झुक्दै गए नेपाली जनताले साथ नदिने चेतावनी दिनुभयो ।

नेपाललाई भारतले सार्वभौम र स्वाधिन देश नमानी नाकाबन्दी लगाएकोे चर्चा गर्दै अध्यक्ष बासीले नेमकिपाले नाकाबन्दी विरुद्ध संसद र सडकमा नारा लगाएपछि भारतीय शासक झस्किएको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति यम बहादुर क्षेत्रीले आफ्नो ठैली बलियो बनाउनुपर्ने नेपाली उखान रहेको चर्चा गर्दै शत्रुले जहिले पनि धोका दिन्छ भन्नुभयो त्यस्तै, राष्ट्रिय जनमोर्चाका कपिल पौडेलले भारतीय विस्तारबाद नेपालको प्रमुख शत्रु भएको कुरा औल्याउनुभयो ।

भूतपूर्व शिक्षक नेत्र नारायण शर्माले भारतीय नाकाबन्दीविरुद्ध घरदैलोसम्म देशव्यापी अभियान चलाउनुपर्ने कुरामा जोड दिनुभएको थियो भने पूर्व गाविस अध्यक्ष दल बहादुर थापाले नाकाबन्दी बाबजुद पनि उत्तर कोरिया र कयुवाका जनता बांचेका छन भन्दै नेपालीले पनि नाकाबन्दीका विरुद्ध डटेर सामना किन नगर्ने भन्नुभयो ।

बुटवल यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोक कुमार श्रेष्ठले नाकाबन्दीका कारण सामान्य यात्रीले पनि सास्ती भोग्नु परेको चर्चा गर्दै महंगोमा तेल किन्नु परेपनि समितिले ग्रामिण भेगसम्म यातायात सञ्चालन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जित बहादुर क्षेत्री, बुठवल यातायात समितिका लाल प्रसाद शर्मा, लाली गुरांस युवा क्लवका मोती थापा लगायतले बोल्नु भएको कार्यक्रमको संचालन जगिलाल थापाले गरेका थिए भने नेमकिपा रुपन्देहीका कोषध्यक्ष राम चन्द्र श्रेष्ठले स्वागत तथा कार्यक्रमको बिषय बस्तुबारे प्रकास पार्नु भएको थियो ।