१४ कार्तिक २०८३, शनिबार

यी उपप्रधानमन्त्रीले आफ्नै कार्यालयमा किन गरे तालाबन्दी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samaj kalyan

काठमाडौ, १६ माघ । उपप्रधान एवम महिला बालवालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले समाजकल्याण परिषदमा तालाबन्दी गरेका छन् ।

आगामी चैत्र महिनासम्म पदावधी भएका परिषदका सदस्य सचिव देखिका पदाधिकारीहरुलाई अगाडि नै हटाए र मन्त्रालयका सहसचिव नारायण काफ्लेलाई जिम्मेवारी दिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनीहरुलाई काम नगर्न नदिन उपप्रधानमन्त्री मैनालीले समाजकल्याण परिषदका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका हुन । कार्यालय सहयोगीलाई ताल्चा लगाउन लगाएर साँचो उपप्रधानमन्त्री आफैले राखेपछि अहिले परिषदको सम्पूर्ण काम कारवाही ठप्प भएको छ ।

अदालतबाट अन्तरिम आदेश लिएर आएपनि काम गर्न नपाएका पदाधिकारीहरुले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अदालतको आदेश विपरित आफूहरुलाई काम गर्न नदिएर उपप्रधानमन्त्री मैनालीले अदालतको अवहेलना गरेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा परिषदका सदस्य सचिव रविन्द्र कुमार यादवले उपप्रधानमन्त्रीको कानून विपरितको कदमले परिषदले दिने सेवा ठप्प हुँदा सयौ गैर सरकारी सस्था र अन्तर्राष्ट्रिय गैर सरकारी सस्थाका कार्यक्रम स्विकृत गर्न नसक्दा भुकम्प पुर्ननिर्माणको कामहरु समेत प्रभावित भएको र परिषद स्वयमलाई अहिलेसम्म १० लाख रुपैया नोक्सानी भईसकेको बताए ।

उनले उपप्रधानमन्त्री केसीले ऐन कानूनको ब्यवस्था विपरित पुष ९ गते आफूलाई मन्त्रालय हाजिर हुन पत्र पठाएको तर आफू हाजिर नभएकै अवस्थामा मन्त्री परिषदलाई गुमराहमा राखेर पुस २९ गते सदस्य सचिव मन्त्रालयमा हाजिर भएकोले परिषद रिक्त रहेकोले सहसचिव काफ्लेलाई जिम्मेवारी तोक्ने निर्णय गराएको बताए ।

यादवले भने,‘ अरु ठाँउमा कर्मचारी र सेवाग्राहीले तालाबन्दी गर्थे तर परिषदमा कहि नभएको जात्रा हाडिगाँउमा भने जस्तो मन्त्रीले नै तालाबन्दी र नाकाबन्दी गरेर सेवाग्राहीलाई दुख दिए ।’

आफूलाई हटाउने निर्णय विगतमा सम्बन्धीत संसदीय समितिको निर्देशन, समाज कल्याण परिषद ऐन, सर्वोच्चको नजिरको विपरित भएको भन्दै आफूलाई तत्काल पुर्नस्थापना गराउन माग गरे ।

पत्रकार सम्मेलनमा राष्ट्रिय अपाङ्गआयोगका सभापति नितेश कुमार गुप्ताले आफूलाई समेत पद छाड्न उपप्रधानमन्त्रीले चेतावनीदिदै आएको र नछाडेपछि अहिले आयोगको सवारी साधान लगेर कार्यकर्ता ओसार्ने काम गरिरहेको आरोप लगाए।

परिषदका कोषाध्यष कुन्ज विहारी प्रसाद चौधरीले मधेसी पदाधिकारी भएको कारणले उपप्रधानमन्त्रीले पचाउन नसकेको भन्दै आफूहरुले नियमविपरित गर्न नमानेपछि समाज कल्याणलाई आफ्नो कार्यकर्ताको भर्ति केन्द्र बनाउन आफुहरुलाई बलजफ्ती हटाईएको आरोप लगाए । उनका अनुसार यो विचमा नै उपप्रधानमन्त्रीले अबैद्य बैठक बोलाएर समाजकल्याण परिषदमा आफ्ना कार्यकर्ता भर्ति गरेका छन ।