
काठमाडौं, १६ माघ । अर्थ र व्यापार साप्ताहिकको चौंथो वार्षिकोत्सव सम्पन्न भएको छ ।
अर्थ र व्यापार साप्ताहिकको चौंथो वार्षिकोत्सवको अवसरमा आयोजित “भुकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रमा परेको प्रभाव र समाधानका उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले हाल सम्म विज्ञान तथा प्रविधि मन्त्रालयलाई धेरैले महत्वका साथ नहेर्ने गरेकोले आफ्नो पहिलो उद्देश्य विज्ञान तथा प्रविधि मन्त्रालयलाई आकर्षक मन्त्रालयको रुपमा स्थापित गर्ने रहेको वताए ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले नाकाबन्दीका विचमा पनि नेपाली जनताको संयममता निकै सह्रायिन रहेको वताउँदै प्रधानमन्त्रीको भारत भ्रमण अगाडी नै नाकाबन्दी खुल्ने संकेत गरे । मन्त्री थापाले आँफु नेपालमा बैज्ञानिकहरुको सम्मेलन गर्ने तयारीमा रहेको वताए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख सुर्य थापाले भारतले विनाकारण लगाएको नाकाबन्दी तुरुन्त खोलेर भारतले दुई देश विचको सम्बन्ध सुधार गर्नुपर्ने वताए । थापाले नेपालीहरु आफ्नो स्वाभिमान गिराएर अगाडी नबढ्ने वताउँदै नेपालीहरु आफ्नो भविष्य आँफै निर्माण गर्न सक्षम रहेको वताए ।
नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले नेपाल पर्यटन वोर्ड पर्यटन प्रवद्र्धनमा दिनानुदिन खटेर लागीरहेको वताए । सापकोटाले पोखरा,चितवन,लुम्बिनी लगायतका क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत पर्यटन पुनरुत्थान गर्न आवश्यक रहेको वताए ।
कार्यक्रममा बोल्दै नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले नेपालको आर्थिक विकासमा नीजि क्षेत्र छिमेकी मुलुकहरुको तुलनात्मक रुपमा आर्थिक वृद्धि हाँसिल गर्न सक्षम रहेको वताए ।
कार्यक्रममा अर्थ र व्यापार अवार्ड–२०७२ पनि प्रदान गरियो । यस वर्षको अर्थ र व्यापार शिक्षा अवार्ड डा.खोमराज खरेल,अर्थ र व्यापार पर्यटन व्यवसायि अवार्ड खुम बहादुर सुवेदीलाई,अर्थ र व्यापार संस्था अवार्ड माधव तिमल्सिनालाई र रु दश हजार रुपैयाँ राशी सहितको अर्थ र व्यापार पत्रकारिता अवार्ड प्रदान गरियो ।
त्यसैगरी कार्यक्रममा पर्यटन व्यवसायिहरु मनोज कुमार श्रेष्ठ भडेल,दिपक कुमार केसी,सन्तोष न्यौपाने,रेशम कुमार लामा,पत्रकार शिव अधिकारी तथा माधव प्रसाद सुवेदी र गगन कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै अर्थ र व्यापार साप्ताहिकका प्रबन्ध निर्देशक तथा सम्पादक नविन काफ्लेले भुकम्प र नाकाबन्दीका कारण मुलुकको आर्थिक क्षेत्रमा परेका असरहरु वारे स्पष्ट पारेका थिए । काफ्लेले नाकाबन्दीनै भएपनि आम जनतालाई राहत दिन सरकारले ग्यास तथा पेट्रोलियम पदार्थहरुको वितरण प्रणालीमा सुधार ल्याउनुपर्ने धारणा राखे ।















प्रतिक्रिया