२३ कार्तिक २०८३, सोमबार

कांग्रेसको आतंक देखाउँदैमा यो सरकार ढल्दैन्, कसैले ढाल्न पनि सक्दैन्ः मन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chure

– विमल योगी
सर्लाही, १६ माघ । सरसफाई तथा खानेपानी मन्त्री प्रेम बहादुर सिंहले पछिल्लो समय नेपाली कांग्रेसको आतंक देखाएर सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएका छन् ।

सर्लाहीको हरिवनमा आयोजित चुरे भावर राष्ट्रिय एकता पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सिंहले कांग्रेसको आतंक देखाएर सरकार ढाल्न प्रयत्न भइरहेको भन्दै त्यो सम्भव नभएको बताए ।

उनले भने– यो चानचुने कुरा होइन, कांग्रेसको महाधिवेशनपछि नयाँ सरकार बन्छ भनिएको छ । तर, नयाँ सरकार बन्दैन् । कांग्रेसको महाधिवेशनले सांसद बढाउने होइन् । क्रियाशिल सदस्य बढाउने हो, नयाँ नेतृत्व आउने हो ।’

सरकार गिराउने र विभाजन गर्न केही समूह लागेको भन्दै मन्त्री सिंहले अस्थिरताको आतंक देखाउँदैमा सरकार गिर्दैन् भने । ‘सरकार ढल्छ भनेर आतंक नमच्चाउन चेतावनी दिन्छु । सरकार यही रहन्छ । यसले नै पूर्ण काम गर्छ ।’

फरक प्रसंगमा उनले चुरेभावर प्रदेश माग गरि आन्दोलन गरिरहेको चुरेभावरसँग सरकारले छिट्टै वार्ता गर्ने बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान एवं महिला तथा बालबालिका मन्त्री सिपी मैनालीले संविधान बनेपछि आफ्नो अस्तित्व संकटमा परेको महसुस गरी अतिवादीहरुले डराएर मधेसमा आन्दोलन गरेको आरोप लगाए ।

उनले भने– ‘नयाँ संविधान बनेपछि केही अतिवादीहरु डराएर संविधान जलाए च्याते । यो कार्य निन्दनीय छ, समस्याको समाधान संशोधनबाट गर्न सकिन्छ । र भइरहेको छ । नडराउनुस् ।’

मन्त्री मैनालीले संविधान पुर्नलेखन गर्न खोजेर भारतले ठुस्केर नाकाबन्दी लगाएको भन्दै घुडा नटेकी नेपालीहरुले डटेर सामना गरेको बताए ।