
– बैकण्ठ गिरी
पर्वत, १६ माघ । नेकपा एमालेका स्थाई समिति सदस्य तथा पूर्व सञ्चारमन्त्री शंकर पोखरेलले सरकारको कामलाई लिएर टिप्पणी गर्नेबेला नभएको बताएका छन् ।
मधेशमा आन्दोलन भैरहेको, भारतले नाकाबन्दी गरेको तथा नेपाली कांग्रेस सरकार बाहिर रहेको अवस्थामा यति छिटै सरकारको कामको बिषयलाई लिएर टिका टिप्पणी गर्नु र यसको बिकल्प खोज्ने समय नभएको बताएका हुन ।
प्रेस चौतारी जिल्ला शाखा पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै पोखरेलले भने सरकारको लागि यो समय भनेको युद्धकालिन अबस्था जस्तै हो त्यसैले अहिले सरकारको टिप्पणी गर्नु र बिकल्प खोज्नु भनेको युद्धमा हनिमुन मनाउन खोज्नु जस्तै भएको बताए ।
मधेशमा आन्दोलन गलत बुझाई भएका कारण भएको बताउँदै पोखरेलले एमाले संबिधान कार्यान्ययनका लागि सशक्त रुपमा मधेस झरेको बताए । उनले अहिलेको नाकाबन्दी कांग्रेस नेतृत्वको सरकार देखिको भएका कारण यसमा एमाले नेतृत्वकोे सरकारले सहज बनाउने पहल गरेको भन्दै नाकाबन्दी खुकुलो भएको बताए ।
देउवा र बाबुरामको भन्दा मन्त्री मण्डल सानो नै छ ?
ओली सरकारको मन्त्रीमण्डल ठूलो भयो भनेर आरोप लगाइरहेका बेला नेता पोखरेलले भने यो साना दललाई लिएर सरकार बनाउनुको पिडा भएको बताए ।
नेपाली कांग्रेस सरकारमा भएको भए मन्त्री मण्डल सानो हुने थियो भन्दै पोखरेलले भने ६०१ सांसद भएको अबस्थामा यो मन्त्री मण्डल ठुलो होईन ? यस भन्दा अगाडी सरकार बनाएका शेर बहादुर देउवाको पालामा २०५ सांसद हुदाको मन्त्री मण्डल र बाबुराम भट्टराईको मन्त्रीमण्डल हेर्न आग्रह गर्दै उनले भने अहिले उहाँहरु नै यो मन्त्रीमण्डल ठुलो भयो भनेर आलोचना गर्नुमा कुनै तुक नभएको बताए ।












प्रतिक्रिया