
काठमाडौं, १६ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो दोस्रो आयरल्याण्डलाई १३१ रनमा सिमित पारेको छ ।
बंगलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा आज विहान ९ बजेदेखि सुरु भएको खेलमा टस जितेर व्याटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १३१ रन बनाएको हो ।
नेपालको उत्कृष्ट बलिङले आयरल्याण्ड १३१ रनमा समेटिएको हो । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । सुनिल धमला, सुशील कँडेल र प्रदिपसिंह ऐरीले एक-एक विकेट लिए । यू-१९ विश्वकपमा नेपालकालागि ह्याट्रिक लिने लामिछाने पहिलो र एकमात्र नेपाली बलर बने ।
आयरल्याण्डका लागि जे टेक्टरले सर्बाधिक २७ रन बनाए । नेपालले केहीबेरमा व्याटिङ गर्नेछ ।
आजको खेलमा आयरल्यान्डलाई हराए नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ । यसअघि बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो ।












प्रतिक्रिया