
काठमाडौँ, १६ माघ । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आयरल्यान्डको सामना गरिरहेको छ ।
बंगलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा केहीबेर अघि सुरु भएको खेलमा नेपालले फिल्डिङ गरिरहेको छ । टस जितेको आयरल्याण्ड व्याटिङमा छ ।
आजको खेलमा आयरल्यान्डलाई हराए नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ । बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो ।
विभिन्न १६ टोली सहभागी विश्वकपमा नेपाल भने समूह ‘डि’ मा परेको छ । जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने समूह ‘डि’ मा नै रहेको आयरल्यान्ड अङ्कविहीन हुँदै लिगको चौथो स्थानमा छ ।
त्यस्तै, शीर्ष दुई अङ्क नै जोडेको भारत लिगको पहिलो स्थानमा छ भने न्युजिल्यान्ड लिगको तेस्रो स्थानमा छ । न्युजिल्यान्डले पनि अङ्क जोड्न सकेको छैन । समूह ‘डि’ मा रहेका सबै टोलीले समान एक–एक खेलेका छन् ।
हेर्नुस् लाइभ स्कोरः
http://www.espncricinfo.com/icc-under-19-world-cup-2016/engine/match/949723.html












प्रतिक्रिया