१ कार्तिक २०८३, शनिबार

राजधानीमा स्कुल ड्रेसमै फिल्म हेर्न पुगेका विद्यार्थी र हल मालिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpur-Collage Bank Garne Student

भक्तपुर । कलेज पोसाकमै चलचित्र हेर्न गएका विद्यार्थीलाई आज बाराही मुभिज सूर्यविनायकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी टोलीले काठमाडौँ उपत्यकाका १० उमाविका कलेज पोसाकमै आएका ३१ छात्रछात्रालाई चलचित्रघरबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।

प्रहरीले छापा मारेपछि कतिपय विद्यार्थीले कलेजको कोट र ज्याकेट खोली झोलामा हालेर भाग्ने प्रयास गरेका थिए । पकाउ परेका छात्रछात्रालाई सम्बन्धित उमाविका शिक्षक र अविभावकको जिम्मा लगाएर आजै छाडिएको प्रहरी उपरीक्षक वज्राचार्यले बताउनुभयो ।

प्रहरीले चलचित्रघरका मालिक श्याम जोशीलाई समेत नियन्त्रणमा लिएको छ । रासस