१ कार्तिक २०८३, शनिबार

धुुर्मुसकै अगाडि सुन्तलीले पल शाहलाई आई लभ यु भनेपछि…(भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pal-suntaliकाठमाडौं । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे रिलको मात्र होइनन् रियल लाइफका पनि जोडी हुन् ।

हाँस्य कलाकारको यो जोडी सामाजिक काममा होस् वा हाँस्य कार्यक्रममा सँगसँगै नै देखिन्छन् । तर, सुन्तलीले क्युट मोडल तथा नायक पल शाहलाई आई लभ यु भनेपछि उनी मख्खै परेका छन् ।

दिनेश थपलियाको गिती एल्बम सारांश २ मा समावेश भएको आई लभ यु बोलको गीतमा सुन्तली र पल एक साथ देखिएका हुन् । सिन्धुलीको विपी राजमार्ग वरपर खिचिएको उक्त गीतको भिडियोमा सिताराम कट्टेल (धुर्मुस) पनि देखिएका छन् ।

निकै रमाइलो र रोचक भिडियो बनेको यस गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर छ । बसन्त सापकोटाको संगीत रहेको गीतको कारियोग्राफि कविराज गहतराजले गरेका हुन् ।

गीतको छाँयाकन सञ्जय लामाले गरेका हुन भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन् ।

हेर्नुस् भिडियोः