३० आश्विन २०८३, शुक्रबार

स्थानीय निकाय पुनःसंरचना अयोग गठन गर्ने सरकारको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapaबनेपा, १५ माघ । उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले फागुनको पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने बताउनुभएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज धुलिखेलमा आयोजना गरेको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँले सो अयाोगले एक वर्षभित्रमा स्थानीय निकायको पुनःसंरचानाबारे प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।

नयाँ संविधानले संविधान जारी भएको छ महिनामा यस्तो आयोग गठन गर्ने प्रावधान राखेको उहाँको भनाइ थियो ।

उहाँले स्थानीय निकायको पुनःसंरचनाका लागि आयोगले तयार पारेको प्रतिवेदनले स्थानीय निकायलाई बलियो र नयाँ मार्ग निर्देश गर्ने जानकारी दिँदै नयाँ संविधानमा फरक विचार भएकालाई पनि सम्बोधन गर्ने प्रावधान रहेको बताउनुभयो ।

सो अवसरमा स्थानीय विकास सहायक मन्त्री विराटबहादुर विष्टले स्थानीय निकायको पुनःसंरचनाका बारेमा बोल्नुभएको थियो ।

गोष्ठीमा मध्यमाञ्चलको १९ जिल्लाका स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृतको सहभागिता छ । रासस