
मुम्बई । आफ्नो नाम परस्त्रीसँग जोडेको भन्दै बलिउडका ह्याण्डसम स्टार ऋतिक रोशनले आपत्ति जनाएका छन् ।
पत्नि सुजैन खानसँग सम्बन्ध विच्छेद भएपछि पछिल्लो पटक ऋतिकको नाम बलिउडकी चर्चित नायिका कंगना रनवतसँग जोडिँदै आएको छ । ऋतिक र कंगना रिलेशनशिपमा रहेको हल्ला पनि सुनिन्छ ।
तर, यी सबै कुरालाई अस्वीकार गर्दै ऋतिकले कडा जवाफ फर्काएका छन् । उनले एक ट्वीट गरेर आफू कसैसँग अफेयरमा नरहेको दाबी गरेका छन् । उनले भनेका छन्– मिडिया जून आश्चर्यजनक महिलाहरुको नाम मसँग जोडिरहेका छन्, त्यो भन्दा कैयौ बढी मेरो र ‘पोप’को अफेयरको सम्भावना हुनसक्छ । धन्यवाद तर, नो धन्यवाद ।’
यसअघि कंगनाले पनि ऋतिकसँग आफ्नो सम्बन्ध नरहेको स्पष्ट पारेकी थिईन् ।















प्रतिक्रिया