
वीरगञ्ज, १५ माघ । पाँच महिनापछि आज विहानै सूचारु भएको वीरगञ्ज नाका फेरि अवरुद्ध भएको छ ।
खुलेको केही घण्टामै मधेसवादी दलका कार्यकर्ताले धर्ना दिएर शुक्रबार दिउँसोबाट नाका अवरुद्ध पारेका हुन् । विहान ५ वटा मालबाहक ट्रक भारतको रक्सौलबाट नेपाल प्रवेश गरेका थिए भने वीरगञ्जबाट चारवटा गाडी भारततर्फ गएका थिए ।
नाका खुलेको खबर सार्वजनिक भएलगत्तै मधेसी मोर्चाका कार्यकर्ताहरुले फेरि अवरुद्ध पारेका छन् । मधेसी मोर्चा र गठवन्धनका कार्यकर्ताहरुले मितेरी पुलमा टायर बालेर प्रदर्शन थालेका छन् र नाका अबरुद्ध भएको छ ।
मोटरसाइकल र पैदल यात्रीलाई भने जान दिइएको बताइएको छ । यसअघि यो नाका असोज ७ गतेदेखि बन्द रहँदै आएको थियो ।












प्रतिक्रिया